माओवादी केन्द्रको संसदीय दलको बैठक जारी,बैठकमा आगामी वर्षको बजेट बारे छलफल हुने

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ ।  

आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित