संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा शुन्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शुन्य समय, विषय समयमा सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरे पछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित