आफ्नो पारिश्रमिक पार्टीलाई सहयोग गर्ने नब नियुक्त स्वास्थ्य मन्त्री थापाको घोषणा


भक्तपुर, 
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आफुले मन्त्री हुँदा बखतको सम्पूर्ण पारिश्रमिक आफ्नो पार्टी नेकपा  (एमाले)लाई सहयोग गर्नु घोषणा गरेका छन् । 

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेशका नबनियुक्त स्वास्थ्य मन्त्री थापाले आफु कुनै पनि स्वार्थ नलिई विशुद्ध सामाजिक सेवाको लागि राजनीतिमा लागेको उल्लेख गर्दै  सांसदका रुपमा पाउँदै आएको पारिश्रमिक सूर्यविनायक नगरपालिकाका १० वटै एमाले वडा कमिटीलाई सहयोग गर्दै आएको र मन्त्रीका रुपमा आफुले पाउने पारिश्रमिक समेत पार्टी र सामाजिक कार्यमा सहयोग गर्ने बताए । 

" मेरो जीविको पार्जनको लागि आफ्नो व्यापार व्यवसायले छ । राजनीति विशुद्ध सेवाको लागि मात्र गर्छु । तसर्थः मन्त्री वापत पाउने सम्पूर्ण पारिश्रमिक म मेरो पार्टी नेकपा (एमाले)लाई सहयोग गर्ने छु "  मन्त्री थापाले भने । 

एमाले पोलिटब्युरो सदस्य तथा भक्तपुर इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई एबम् शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने  "जब पार्टी बलियो हुन्छ तबमात्र हामी बलियो हुन्छौं , ‘हामीले कसैलाई फलानोको मान्छे, ढिस्कानोको मान्छे भन्नु हुँदैन । हामी समग्र एमालेको मान्छे हौं । "

एमालेको मिसन ८४ अभियानलाई सफल बनाउन आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री थापाले एमालेलाई बलियो बनाउन गुट र उपगुटको अन्त्य गर्नु पर्ने समेत बताए । 

प्रतिक्रिया

सम्बन्धित