परराष्ट्रमन्त्री राणाले क्यानडियन समकक्षीसँग भेटवार्ता गर्दै

काठमाडौं । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ ।

यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’ मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन मङ्गलबार क्यानडा पुगेकी मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारीका साथै क्यानडा सरकारका शिष्टाचार अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ- प्रधानमन्त्री ओली

संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ- प्रधानमन्त्री …

संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो- देउवा

संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो- देउवा

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभामुख घिमिरे

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभाम…

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभामुख घिमिरे

संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो- सभाम…

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल