वरिष्ठ हास्य अभिनेता दिपकराज गिरी चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम भ्रमणमा

काठमार्डौ । 

थानकोटस्थित त्रिभुवन पार्कमा रहेको चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा वरिष्ठ हास्य अभिनेता तथा निर्माता दिपकराज गिरीले अबलोकन भ्रमण गरेका छन् । म्युजियमा कलाकार गिरीको आगमनले म्युजियमका कर्मचारी र आगन्तुक दर्शकहरूलाई थप ऊर्जा र उत्साह प्रदान गरेको थियो ।

गिरीले  म्युजियममा बनाइएका अन्तरक्रियात्मक थ्रीडी कलाको प्रशंसा गर्दै भने "यो ठाउँ कला र सिर्जनाको अनुपम उदाहरण हो। यहाँका दृश्यहरूले नेपाली कला र संस्कृति आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने उत्कृष्ट झलक दिन्छ ।"

"म्युजियममा बनेका विभिन्न बस्तुका थ्रीडी  कलात्मक चित्रहरूमा फोटो भिडियो बनाउँदा एकदमै रमाइलो हुने र म्युजियममा भ्रमणमा आउने आगन्तुकलाई चित्रभित्रको संसारमा घुमेको अनुभव दिलाउँछ। यो ठाउँ परिवार र साथीहरूका लागि रमाइलो र शिक्षामूलक गन्तव्य समेत रहेछ कलाकार गिरीले भने ।

कलाकार गिरीलाई म्युजियमका प्रतिनिधि एबम् पार्कका प्रतिनिधिहरुले संयुक्तरुपमा स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित