फिल्म ‘एक्टर’ माघ ४ गतेबाट प्रदर्शनमा आउने
_M6SN4HPYyl_asufqmjshyapfltlgraiwtjv0w7ej3o6skal6c4e8cs4n3hfhtplch7e2gka_yelsaGKeLj_mgnpanmut63i7vz8h112tgthdphsukbmuqo4s8msgg4mimjgx7lvwymgjafk.jpg)
काठमाडौं ।
मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आइतबार पत्रकार सम्मेलन गर्दै माघ ४ गतेबाट प्रदर्शनमा आउने जनाएको हो । पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक मनोहरि थापाले यो फिल्म पूर्णतया मुलुकको आवश्यक्ता, मुलुकको चुनौतिलाई सामना गर्ने र युवा जगतलाई राम्रो सन्देश दिने उदेश्यले निर्माण गरिएको बताए । उनले एउटा युवाले देखेको सपना पुरा गर्नका लागि कति हण्डर खानुपर्छ त्यो सबै चलचित्रमा देखाइएको बताए ।
उनले भने, ‘हाम्रो यो फिल्म पूर्णतया अहिलेको मुलुकको आवश्यक्ता, मुलुकको चुनौतिलाई सामना गर्न एउटा युवा जगतलाई राम्रो सन्देश दिने चलचित्रको रुपमा अगाडि आएको छ । अहिले हाम्रो मुलुकमा युवा, फिल्म र रोजगारीलगायत अन्य थुप्रै क्षेत्रमा समस्या छन् । तर यो चलचित्र यस्तो बनेको छ एउटा युवाले बोकेको सपना एउटा सफल कलाकार बन्छु भन्ने सपना पूरा गर्नका लागि उसले कति हण्डर, कति समस्या, अफ्ठ्याराहरु र कति ओकाली ओरालीहरु सामना गर्नुपर्यो र अन्तत एउटा सफल कलाकार बन्न सक्छ र सफल हुन सक्छ भन्ने सन्देश यो चलचित्रमा देखाइएको छ ।’
उनले दर्शकको माया र समाचार माध्यममा सत्य तथ्य फिल्म सम्बन्धी सम्प्रेषण भए एक्टर फिल्म सफल हुने बताए । उनले यो एक्टर चलचित्र करिब २ घण्टा १५ मिनेटको रहेको समेत बताए ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स विषयमा निर्माण भएको फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
सम्राट थापाको कथा तथा संगीत रहेको फिल्म टिभी पत्रकार मनोहरि थापाले निर्माण गरेका हुन् । सम्राट बस्नेतको द्वन्द्व, युवराज राई र डम्बर राईको छायाङ्कन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_Vdzr9gv5Qq_xnsbhpj1mmz8pmsdjzdgugqrkhfqfd83kmsozeiliw3pd4qwkkazsyxfijih.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_lfuyojisL8_rmz4nafb3zi1myxgqzvsduaw68weuxiysrtfgmfm5nu0kgkhypviyhbrwxrt.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_n09kDvQCqM_p0guyed1uh0tzkd9jmkrmd1spvjcvrckzmapbhawzlm6lhlke1az4k4lwcfw.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_iybAhvVKe5_hanulynjzguujd0xxucmxdftmjafquj8nnspzk94hlcxcva58zevmyoyciz0.jpg)
प्रतिक्रिया