‘फेरि रेशम फिलिली’को पहिलो गीत सार्वजनिक
_v2h1B8vzhd_dehydavo4xoyqhrewpwv66si01imkalk86xboj0jdoewkatwi8qhlq4njiff_tRFqEr5bap_iupqmh24sqrvve2wz2y0kely8njvuj3x6f99o3bgbuw8eumvgafwingrwtym.jpg)
काठमाडौं ।
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक शर्माको शब्द रचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलगायत फिचर्ड छन् ।
यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो । सोही लेवलको चर्चा आज रिलिज भएको ‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्डैमा’ले पनि पाउने अपेक्षा छ । सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण सिनेमाका लेखक र निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कडेल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । यो सिनेमाले गीत संगीतको माध्यमबाट दर्शकमाझ पुरानो ‘रेशम फिलिली’को जस्तो प्रभाव छोड्ने विश्वास निर्माण टिमको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_tPrt8Vqern_lwjvhqdx5z6jalba0w4oec6ehrp7islsoqt3u7tee9pf2bc0kgytffu6wnu0.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_wcoEl4jVuy_bvqbpbs7uvz8ivf8i0tijrmbsdcfhdjrgrpi7tt0bbbyaotn4f7pikhrkmfj.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_EfqutuwhGh_iwz7u8jhsav5mc9sgilsdwvehswtvozzn17sdkmwy70t9jbxoue1ofwg3rir.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_9DzqhZAPwq_ya5z12skgesqxsfsnwo06hofikfdac6xace2ryphd9mc51xol5th9kczbwxa.jpg)
प्रतिक्रिया