काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु


काठमाडौं ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा आजदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौं, बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौँ ट्रिएनालेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त प्रदर्शनी उद्घाटन गर्दै कला विश्वभाषा भएको र यसलाई बुझ्न बुझाउन यस्ता प्रदर्शनी महत्त्वपूर्ण हुने बताए ।  उनले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सीप आदानप्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा राखे । 

त्यस्तै प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले कार्यक्रममा सम्बोधन गर्दै यस्ता प्रदर्शनी गर्न प्रतिष्ठानले लिएको अग्रसरताप्रति खुसी व्यक्त गर्दै यस प्रदर्शनीमा सहभागी हुन पाएकोमा हर्षित भएको बताए। प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पोखरामा गरिएको प्रदर्शनीले सबैलाई उत्साहित बनाएको र काठमाडौँमा गरिएको यस प्रदर्शनी अझ महत्त्वपूर्ण भएको धारणा राखेका थिए । 

आयरल्याण्डका कलाकार लोरा मर्फीले यस प्रदर्शनीका लागि नेपाल ललितकला प्रतिष्ठानप्रति आभार व्यक्त गरिन्  । उनले यस्ता प्रदर्शनीले कलाकारहरूलाई फरक देशको कला, भाषा, संस्कृति बुझ्नलाई थप सहयोग पुर्‍याउने बताइन् । प्रदर्शनीमा नेपाली  कलाकारका ६५, अमेरिकाका २२, डेनमार्कका दुई, आयरल्याण्डका दुई गरी २६ कलाकारका ८२ कलाकृति राखिएका छन् ।

यही माघ ६ गतेसम्म चल्ने प्रदर्शनीमा प्रतिष्ठानका कुलपति हार्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, हालका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले चित्रकला बिभाग प्रमुख संजय वान्तवा, अरुणा हिङमाङ लगायत कलाकृति पनि समावेश छ । 

प्रतिक्रिया

सम्बन्धित

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम

वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)

वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)

राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ

राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

मर्निङ ग्लोरी हाइ स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नेपाली कला, संस्कृति प्रवर्द्धनका लागि आर्टशाला नेपाल र म्युजिक म्युजियमबीच सम्झौता

नेपाली कला, संस्कृति प्रवर्द्धनका लागि आर्टशाला नेपाल र म्युजिक म्युजियमबीच सम्झ…