पोर्चुगलमा सोनाम ल्होछार मनाइँदै
_YgKM9BSthK_gp43gjvrskvimvsvokdkhzaglz5xbnbfjxsfhenp3cm5g5utkeiz7tswbym6_uQJbfHsQ80_ok9dasun5tlhyqqqjxuropljwmdmgcxju1icozmflpswvmqagx6tmjbpvwe2.jpg)
लिस्बन ।
युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङ समुदायले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाउने भएका छन् । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले मञ्जुश्री सम्बत् २८६१ को अवसर पारेर यही फेब्रुअरी २ तारिखका दिन राजधानी लिस्बनस्थित अल्भलादेमा विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाउने भएको हो ।
‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म संस्कृति हाम्रो पहिचान’भन्ने नाराका साथ बृहत् तामाङ साँस्कृतिक कार्यक्रम तथा सांगीतिक साँझको आयोजना गरेर पोर्चुगलमा सोनाम ल्होछार मनाउन लागिएको घेदुङका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए ।
तामाङ जातिको कला, भाषा, धर्म र संस्कृतिको प्रबद्र्धन र जगेर्ना गर्ने उद्धेश्यका साथ पूरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत स्वरुप ल्होछार मनाउन लागिएको तामाङले बताए । तामाङ अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने विशेष साँस्कृतिक झलक प्रस्तुत गरिने घेदुङले जनाएको छ । सो अवसरमा लामागुरुबाट विशेष पूजापाठ समेत गरिने बताइएको छ ।
कार्यक्रममा चर्चित मेन्दोमाया तथा तामाङ सेलो गायिका रमिला पाख्रिन, सेलो गायक प्रदिप लामा र गायक कुमार योञ्जनको विशेष प्रस्तुति रहनेछ । भने अन्य राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी तथा पोर्चुगलबासी नेपाली समुदायलाई घेदुङले बिशेष आग्रह समेत गरेको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_wb7k2MErbF_cczfubkucmxgmqzdifpu2juyonxzg2w4o6j6uix7c62nnmvaw9reetoa3nhq.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_mqHxxeeJA1_my36s2wghkjaqzap7wvnxq5n7mruxrrz1ffqdeggwkkomkd7e0v5pe58xorb.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ANlyXdZvqe_wousw0jifxkks63adjeaxdfn4q5zb3auhi13pt6uztkiasyf5srwguboqgst.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_0ff1j8FuSO_jnytc1aycei97r5mmd8u5dahiyauxk9s6mqw4kh7jmrwy6j7nyvq2s0wnl9a.jpg)
प्रतिक्रिया