राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ

काठमाडौँ ।

१६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनको शुभारम्भ भएको छ । विहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभ लगायतले कार्यक्रमको शुभारम्भ गरेका हुन् । 
कार्यक्रममा बोल्दै, शैली थिएटरका सल्लाहकार महेश पौडेलले, ‘शैली थिएटरले १६ वर्षसम्म लगातार रूपमा नाटक प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा भएको बताए ।

थिएटरमा लागेर अहिले महत्त्वपूर्ण स्थानमा पुगेका विद्यार्थीहरू नै १६ वर्षदेखिको अथक परिश्रम र मेहेनतको प्रतिफल रहेको बताए ।  त्यस्तै, रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभले, ‘थिएटर रङ्गमञ्च र यसको समिश्रणले बाल साहित्यसहित नाट्य क्षेत्रमा फरकपन भित्रने बताए । नेपाल र रूसको साँस्कृतिक विकास र प्रबद्र्धनमा लागि रूसी सदन सधैं अग्रणी स्थानमा रहेको बताए ।  त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले, चलिचत्र सँगसँगै नाट्य क्षेत्रलाई पनि  सँगसँगै अगाडि बढाउनुपर्ने बताए । उनले बालबालिकालाई अगाडि बढ्न र आफ्नो लक्ष्य पहिचान गर्न ढिला नगर्न समेत आग्रह गरे ।

शैली थिएरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले, बालबालिकाहरूलाई हारलाई जितमा परिणत गर्नसक्नेगरि अगाडि बढाउन बाल लघुचलचित्र प्रदर्शन गरिएको बताए । उनले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई अगाडि बढाउन चुनौती रहेको भएपनि यसलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान २०८१ सम्मान स्व। जनक प्रसाद हुमागाईलाई प्रदान गरिएको थियो भने, अघिल्लो बर्ष भक्तराज शर्मालाई अर्पण गरिएको थियो । एक हप्तासम्म चल्न उक्त महोत्सवमा आयोजक संस्थाको नाटक सहित जम्मा १६ वटा नाटक सहित विभिन्न कार्यक्रमहरू हुनेछन् । उक्त महोत्सवको समापन फागुन ७ गते हुनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम