आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
काठमाडौं ।
गायक सुशान्त केसीको आज शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ । काठमाडौं उपत्यकाका संगीतप्रेमी दर्शक तथा श्रोतामाझ साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन् ।
नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने क्रममा र्याम्प जनरल प्लाटफर्मसम्म पुग्ने गरि डिजाइन गरिएको छ । चर्चित व्यक्तिहरू आउने आशासहित कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको आयोजक टिमले लिएको छ ।
कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए ।
आफ्नो लागि काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष भएकाले उत्साहित रहेको सुशान्तले बताएका छन् । कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गर्ने तयारीमा छन् । सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक गीत सुन्न पाउनेछन् ।
एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने कन्सर्टलाई भव्य अनि सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने टिमले बताउँदै आएको छ ।
कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने
बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक
प्रतिक्रिया