बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् ।
उनले भने,‘यस्तो डिटेल दिनुभा’छ नि, कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो ।’ सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे ।
बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।’ बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।
चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ ¥यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । चलचित्रमा भने यो गीत छैन । क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ । सिनेमाले हालसम्म कति कलेक्सन गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । पहिलो दिनको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको थियो । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख कलेक्सन गरेको थियो ।
कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ मा धुर्मुस मुख्य भूमिकामा छन् । चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
जेपीटी क्रिएसनको व्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_wkSJzO2Qkc_puf3t6pe6e4hhf7hw4yyvzbwpftgkpz4sna7cweeigrnz6dildogv7qzyaju.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_wQghe0zRKF_kwfqpksjo6vxyvvwhjtmxce4jsxrxybq8mnglrcb0jacw2vywee8waof9ihc.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MeBEOoykHe_rzzqxlhljayl5lcyvq9bj07ufdyuhrvbdi4ctkxl8addexhqcv2zlrvdfsza.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_cEJ3AjD3r8_9e1i7ayf8bpmodwsillppnwgcwab8uplzopxrw9yeetdmw7gmsd6n859azyy.jpg)
‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक
_pDyAinwWYa_ouvdcs333bfdxlezjwlniiudx42fjtn92culbaaw0wamtgna8renyhxup2li_Y1IFq1GeET_7yvqkh2rp1xfbdnpkaldiyjbwkaqbk84haucqd7a0bcvigqlhpjcvpu2yu4s.jpg)
प्रतिक्रिया