काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_Xc78R8R5tZ_m9ne46p7kacwduhaervpwt1zsahkteuwexlcq5fbqtrxotxv3mfx1gevjt8f.jpg)
काठमाडौं ।
यस वर्ष होलीको व्यापार अपेक्षाअनुसार चल्न सकेको छैन् । काठमाडौंका भित्री व्यस्त बजारहरु असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा अपेक्षित चहलपहल छैन् । असन बजार, जुन काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो र व्यापारिक दृष्टिले महत्त्वपूर्ण बजार मानिन्छ, उक्त क्षेत्रका पसलहरुमा चहलपहल न्यून छ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण होलीको किनमेल एवम चहलपहल सुस्ताएको छ ।
होलीका लुगाहरूसमेत बिक्न सकिरहेका छैनन् । एक दशकअघि मात्र होलीको समयमा असन बजार रंगीन र चहलपहलले भरिएको हुन्थ्यो, तर यस वर्षको स्थिति भने अलि फरक देखिन्छ । व्यापारीहरुकोको दृिष्टकोणबाट अर्थिक मन्दी र बेरोजगारीको कारण व्यापारमा कमी भएको हो । यसपाली होली अर्थात फागु पूर्णिमामा व्यापारिक माहोल सोचे अनुरुप छैन् । बजार सुनसान छ । पहिले पहिले एक महिनादेखि नै होलीमा लोलाले हानेर हैरान पार्ने युवा पुस्ताहरु होली मुडमा देखिदैनन् । प्रशासनले गरेको कडाइका कारण पनि बजारमा चहलपहल घटेको छ ।
खचाखच हुने असन बजार क्षेत्र होलीको पूर्वसन्ध्यामा सुस्त छ । व्यापार निकै घटेको देखिएको छ । केही वर्षअघि होलीको समय बजारमा अत्यधिक चहलपहल हुने गथ्र्यो, व्यापारको मेला जस्तो हुन्थ्यो, तर अहिलेको परिस्थिति फरक देखिन्छ । व्यापारिक गतिविधिहरू घटेका छन् । नेपाल न्यूज बैंकले विभिन्न व्यापारीहरूसँग कुरा गर्दा, उनीहरूले बेरोजगारी र आर्थिक मन्दीलाई मुख्य कारणको रूपमा प्रस्तुत गरेका छन् ।
विगत २५ वर्षदेखि असनमा व्यापार गर्दै आएका कुष्ण श्रेष्ठको भनाइ अनुसार, होलीका रंग र अन्य सामानका मूल्यहरू भने पहिले जस्तो महँगो भएका छैनन्, तर व्यापार अझै पनि कम छ । उनले भने, ‘होलीको व्यापार मन्द छ । पहिलाको जस्तो यो वर्ष व्यापार छैन् । धेरै युवा विदेशिएको र होली पर्वलाई लक्षित गरेर सरकारले गरेको कडाइका कारण व्यापार घटेजस्तो लाग्छ । बेरोजगारी पनि मुख्य कारण हो होलीका लागि रंगहरु र अन्य सामग्री भारत साथै चीनबाट आएका छन्। होलीको सामग्रीहरुमा कुनै मूल्य वृद्धि भएको छैन । पुरानै मूल्य भएर पनि व्यापार बढ्न सकेको छैन ।’
साथै उनले आर्थिक संकटले गर्दा मानिसहरूको संख्या बजारमा घटेको बताए । यसैगरी मुन्ना कुमार जेसवाललाई समेत लगभग असनमै व्यापार गर्न थालेको पाँच वर्ष भइसक्यो । उनले पनि तीनचार वर्षदेखि व्यापार जति हुनुपथ्र्यो त्यति हुन नसकेको बताए । उनले भने, ‘लगभग व्यापार गर्न थालेको पाँच वर्ष भइसक्यो । तीनचार वर्षदेखि व्यापार जति हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । होलसेलमा आएका होलीका लुगाहरुसमेत बिकेका छैनन् ।’
साथै उनले आर्थिक मन्दी र व्यापारको सुस्त अवस्थाले सबै क्षेत्रमा असर पारेको बताए । जसले गर्दा नेपाली उत्पादकहरूलाई पनि विक्रीमा कष्ट भइरहेको छ । ‘नेपाली उत्पादन भएर पनि विक्री हुन सकेको छैन,’ जेसवालले भने । साथै, भारतबाट भन्सार तिरेर सामान ल्याउनुपर्ने भएकाले खर्च बढेको र त्यसले पनि व्यापारमा कमी ल्याएको उनी बताउँछन् । ‘यो वर्ष होलीको व्यापार अतितका वर्षहरूको तुलनामा निकै घटेको छ । पोहोरको होलीमा व्यापार गर्दा दिनभरी भ्याइनभ्याइ हुन्थ्यो, तर यो वर्ष एकसयदेखि दुईसय पिस जति मात्र होलीका लुगाहरू बिकिरहेका छन् ।’
असन बजारका व्यापारीहरूको समस्यालाई हेरेर, आर्थिक स्थिति र विदेश गएर बसेका मानिसहरूको असर स्पष्ट देखिन्छ । जसले गर्दा होलीको व्यापार पहिलेजस्तो राम्ररी चल्न सकेको छैन । आर्थिक संकट र मन्दीले बजारको चहलपहल घटाएर, व्यापारमा कमी ल्याएको छ ।
तथापि, नेपाली उत्पादनको बिक्रीमा केही आशा देखिएको छ । यसैगरी अर्का असनकै व्यापारी रामु कुमार भन्छन्, ‘व्यापार घट्दै गएको छ । होलीका लुगाहरू पहिलाजस्तो बेचिएका छैनन् । यसले एक प्रकारको चिन्ता व्यक्त गरेको छ ।’ उनले भने, ‘पहिलाको वर्षहरूमा होलीको समयमा राम्रो व्यापार हुन्थ्यो, तर अहिलेको समयमा बजारमा मान्छे छैन । सबै विदेशतिर गएका छन् र त्यो पनि व्यापार घट्नुको कारण भएको छ ।’
यसैगरी रामु कुमारका अनुसार, यस वर्ष एक हप्ता अगाडि नै लुगाहरू ल्याएर राखिएको थियो । तर सबै विक्री हुन सकेका छैनन् । ‘यो वर्ष व्यापार छैन् । विगतका दिनमा होली टिसर्टहरु एक हजार पिस बिक्थे, तर यस वर्ष डेढसय पिस मात्रै बिक्री भएका छन्,’ उनले भने । ‘होलीका लुगाहरू यद्यपि महंगो छैनन्, तर व्यापार घटेको कुरा उनी अचम्मजनक ठान्छन् ।’
यस वर्षको लागि ल्याएका कुर्ता र टिसर्टहरू नेपाली बजारमा सामान्य मूल्यमा बिक्री भइरहेको छ । कुर्ताहरू ३९० रुपैयाँमा र टिसर्ट ४०० रुपैयाँमा बिक्री भइ रहेको छ । यद्यपि, भन्सार तिरेर भारतीय उत्पादन ल्याउनुपर्ने अवस्थाले व्यापारमा थप दबाब सिर्जना गरेको छ । रामु कुमारले भने, ‘हामीले इण्डियाबाट भन्सार तिरेर होलीका लुगाहरू ल्याएका छौं । तर नेपाली उत्पादनहरू भने बढी बिक्री भइरहेको छ,’ उनी थप्छन्, ‘नेपाली उत्पादनका लेडिज कुर्ताहरूको उत्पादन नेपालमा हुँदैन, त्यसैले विदेशबाट ल्याउनुपर्ने अवस्था आउँछ तर यसका बावजूद नेपाली लुगाहरूको बिक्री बढी भएको छ ।’
साथै उनले असली चुनौती भनेको आर्थिक संकट र विदेश जान खोज्ने युवा वर्गको बढ्दो संख्या भएको बताए । यसैगरी मनिष चौधरी, जो असन बजारमा लगभग ६ वर्षदेखि व्यापार गर्दै आएका छन् । उनी भन्छन्, ‘हाम्रो व्यापार यस वर्ष राम्रो छ । हामीले ल्याएका सबै होलीका लुगाहरू विक्री भइसकेका छन् । नेपाली उत्पादनका लुगाहरूको बिक्री बढी भएको छ र ग्राहकहरूको रुचि पनि राम्रो देखिएको छ ।’
मनिष चौधरीका अनुसार, नेपाली उत्पादनहरू सस्तो र गुणस्तरीय भएका कारण ग्राहकहरूको मन जित्न सफल भएको बताए । ‘नेपालमै बनेका लुगाहरू सस्तो पर्छ र ग्राहकहरू सस्तो नै खोज्न आउनुहुन्छ,’ उनी थप्छन्, ‘यस कारणले पनि होलीका कुर्ता र टिर्सटहरू राम्रो बिक्री भएका छन्, र सबै सामान छिट्टै बिकेका छन् ।’
पोहोरको तुलनामा यस वर्षको व्यापारमा आर्थिक संकट र बेरोजगारीका कारण केही कम देखिएको भए पनि स्थानीय उत्पादनहरूको बिक्रीमा सुधार आएको कुरा सकरात्मक संकेत हो ।
आकांक्षा धामी ÷ नेपाल न्यूज बैंक

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…

बुद्धज्योति एकेडेमीका विद्यार्थीहरू चन्द्रागिरी थ्री डी आर्ट म्युजियम भ्रमणमा

मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी आर्ट म्युजियम
%2520(7)_8zxPTep31u_uqeph9lsc3t8umwmtf79dzofvgtbmja9tql4ltuxgat3qwmkyjk0k0lzsq8v_C5997vwUlc_2hpdgjdb7xa8wzqx8qddahawcxzjzil8nxlks4ddst5tpaizp0k574fnixc2.jpg)
वेवारिसे र चेपुवामा छन् राणाकालिन शालिकहरु (फोटो फिचर)

राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ
%2520(5)_CfmKapcQVA_tanixbspxdiacy3m5azoikqc3e0ydkuandefam72eeodculzkg0qou4d8jyk_07UGJuuDZo_anutdr3tflvoo7uca9342cgugg2q9gzbfj03mzrqrl8crt9kougwxjjwvz28.jpg)
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु

प्रतिक्रिया