प्याबसन भक्तपुरको अध्यक्षमा राजन कसपाल सर्बसम्मत


काठमाडौँ, 
भक्तपुर,
निजी तथा आवासीय बिघालय अर्गनाइजेशन नेपाल (प्याबसन) भक्तपुरको १६औ अधिवेशनले राजन कसपालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । मोर्डन स्कुलका संचालक प्रिन्सिपल कसपालको नेतृत्वमा विद्यालयहरूको व्यवस्थापन, गुणस्तर शिक्षा र निजी विद्यालयको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ।

निर्वाचनपछि अध्यक्ष कसपालले शिक्षा क्षेत्रमा नवीन योजना लागू गर्न प्रतिबद्धता व्यक्त गर्दै भने, "विद्यालयहरूको सुदृढीकरण र विद्यार्थीको सर्वांगीण विकासका लागि काम गर्नेछु।"

प्याब्सन भक्तपुरको यो नेतृत्वले विद्यालय र अभिभावकहरूको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

जिल्ला प्याब्सन अन्र्तगत अध्यक्षमा राजन कसपाल , बरिष्ठ उपाध्यक्षमा निलेश आचार्य , उपाध्यक्षमा बिजय कर्माचार्य, सचिबमा सुर्य बहादुर भण्डारी, कोषाध्यक्षमा रत्नमान श्रेष्ठ , सहकोषाध्यक्षमा रत्नमान शंखदेब , सह सचिवमा लिलानाथ निरौला , सह कोषाध्यक्षमा  लक्ष्मी कुटु एबम् सदस्यहरुमा मिना मर्हजन , इश्वर बहादुर श्रेष्ठ , प्रभुनारायण यादब , शंकर कुमार कर्ण र कृष्ण कार्की  चयन भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित