काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन


काठमाडौं ।  

शनिबार काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ ।  शुक्रबार बिहानको तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको थियो । गत शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७  डिग्री सेल्सियस थियो ।

त्यसपछि आइतबार र सोमबार ५ डिग्री सेल्सियस , मंगलबार ४.८, बुधबार ४.३, बिहीबार ४.६ र शुक्रबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो । आज (शनिबार) दिउँसो काठमाडौंको मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने आँकलन छ ।
 

प्रतिक्रिया

सम्बन्धित